दशै आयो

दशै आयो रे
तर तिन वषॅ पछि पनि
मेरो मुटु लाई असोज र कात्तिक
को शितल बतासले छुँदैन।

उहि निलो आकाश, उहि सेतो बादल
एक बाट अॅको सहर
सहर को चहलपहल उहि
उहि मेरो मन, आज फेरी मेरो हृदय को लागि भारी ।

शिशिर उहि तर मेरो मुटु लाई छुँदैन
निलो आकाश उहि तर उज्यालो छैन।

बडा सहर को चहलपहल
तापनि दशै सुन्य नै रहयो
कहिले नपुरिने इच्छा का लागि घर छोडी आइयो
र यो मन भने सुन्य नै रहयो ।
यो भारी मुटु, खाली निधार
सुन्य रहयो हृदय, सुन्य तिहार

के यहि रहने भयो मेरो गाथा
सधै पराया भेष
एकलकाँटे खालि दशै
सुन्य हृदय खाली माथा

एस्पाली फेरी दशै आयो
तर मेरो मुटु अझै भारी
मेरो हृदय अझै सुन्य ।

Comments

Popular posts from this blog

Longing

Space Oddity

Dreams