सुन्यता

घर छोडी आए
आफुलाई खोज्न
आफ्नोपन त्यागी आए
आफुलाई रोज्न
अहिले बस्छु निलो आकाश मुनि
आफ्नो मुटु लाई बुझ्न

सेतो बादल मुनि बसि खोज्दै छु अॅथ
निलो पहाड बिना निलो आकाश पनि लाग्छ व्यॅथ

सहर को गनफन मा खोज्छु
आवाज भने बतास र खोला को
गए जता पनि यो मुटु को
सुन्यता जाने कहिले होला यो

बतास मा शितल शिशिर छैन
निलो आकाश मा न्यानो शान्ति छैन
हृदय र सुन्यता कहिले छुटिने हैन
शिशिर को शितलता ले यो भारी मनलाई छुने नि भएन् ।

Comments

Popular posts from this blog

Longing

Words

Moss